काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूले जहाँ पनि उभ्याउन सक्ने दाबी गरेका छन्।
सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले जसरी महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई सभापति निर्वाचित गरेका थिए, त्यही प्रतिनिधिले आफूलाई पनि सभापति चुनेको बताए ।
उनले नेपाली कांग्रेस विभाजित नभएको दाबी गरे। निर्वाचन आयोगमा यसअघि नै विशेष महाधिवेशन भइरहेको जानकारी लिखित रूपमा दिइसकिएको बताए ।
थापाले निर्वाचन आयोग कुनै पनि शक्तिको प्रभावमा नपरी विधि र विधानअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे । कांग्रेसको आधिकारिकताबारे कुनै विवाद नहुने उनको भनाइ छ।









प्रतिक्रिया