यी हुन नेपाली कांग्रेस हाँक्ने नयाँ टिम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस विभाजित भएको छ।

विशेष महाधिवेशन पक्षका नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको निर्णय संस्थापन पक्षले गरेपछि पार्टी विभाजित भएको हो। 

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले महामन्त्री गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । उपसभापतिमा फरमुल्लाह मन्सुरलाई चयन गरेको छ। अर्का उपसभापति महामन्त्री शर्मालाई बस्न सभापति थापाले अनुरोध गरीरहेका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ ।