गायक प्रशान्त तामाङकाे निधन

काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए।

तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

तामाङका निकट मित्र रहेका घतानीका अनुसार कार्डियाक अरेस्टले उनको निधन भएको हो । तामाङकी श्रीमती र एक छोरी छन् । उनले हालै मात्र सलमान खानको एक चलचित्रमा भिलेनको रुपमा अभिनय गरिरहेका थिए ।