काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अभियान नै बनेको विशेष महाधिवेशन आजदेखि क हुँदैछ ।
काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुने बताइएको छ । भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण भएको छ।
महाधिवेशनस्थलमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन भएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार, मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए ।










प्रतिक्रिया