अब दिनमा ५ लाख भन्दा बढी नगद निकाल्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेकमार्फत झिक्न पाइने नगदको सीमा सीमित गरेकाे छ । दिनमा अब ५ लाख रुपैयाँमा सीमित गरेको हाे ।

अब ५ लाखभन्दा बढीको चेक साटेर नगद झिक्न पाइने छैन

५ लाखभन्दा माथिको चेक अनिवार्य रूपमा एकाउन्ट पेयी हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले पनि ५ लाख रुपैयाँ वा सोभन्दा बढी रकम नगद नदिई सम्बन्धित व्यक्तिको खातामै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्ने उद्देश्यले लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।