काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा थुनामुक्त भए झैँ थुनामुक्त हुनुपर्ने माग बोकेर एमाले नेता टोपबहादुर रायमाझी उच्च अदालत पुगेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता रायमाझीले पनि रविकै बाटो पछ्याउँदै बिगो बराबरको रकम बैंक ग्यारेन्टी बुझाएर धरौटीमा छुट्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पुगेका हुन्।
यसअघि जिल्ला अदालतमाले उनको माग अस्वीकार गरेपछि उनले उच्च अदालतमा निवेदन दिएका हुन्।
यसअघि बिगो बराबरको रकम बैंक धरौटी बुझाएर लामिछाने रिहा भएका थिए। लामिछाने सहकारी प्रकरणको मुद्दा हो भने रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्ति हुन्।
उच्च अदालत पाटनले आज उक्त निवेदनमा जिल्लाको कैफियत प्रतिवेदनसहितका मिसिल झिकाउन आदेश गरेको अदालत प्रशासनले जनाएको छ।










प्रतिक्रिया