जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिएका छन् ।

एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताएका हुन्  । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रुपमा लिइएको उनको भनाइ थियो ।

बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ । पार्टीको ‘सर्कुलर’अनुसार सबै जनसङ्गठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनुपर्ने महासचिव पोखरेलले बताए ।

बैठकमा पार्टीका सचिव एवं सङ्गठन विभागका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन गर्नुपर्ने बताए ।