कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो १ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना भएको हाे।

पत्रकार सम्मेलनमा शेखर कोइरालासहितका शीर्षनेता सहभागी हुने बताइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेपछि तरंगित भएको कांग्रेसको विवाद मिलाउन बिहीबार पनि नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।

यस्तै, बिहीबार नै कांग्रेसको बैठक बसेर महाधिवेशन कार्यतालिका सार्वजनिक भएकाले अन्य गतिविधि नगर्न भनिएको थियो । निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिने निष्कर्षमा कांग्रेस पुगेको थियो । हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्ने बताइएको थियो ।