रवि र राजेन्द्र लिङ्देनबीच बिहानै वार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच आज बिहानै भेटवार्ता भएको छ ।

भेटमा उनीहरुबीच फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए।

त्यस्तै भेटमा लिङ्देनले लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् । राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।