काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गर्ने भएको छ।
आज बसेको सचिवालय बैठकबाट यस्तो निर्णय गरिएको हो । हरेक प्रदेशमा एकजना पर्ने गरी ७ सीट माग गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले बताए ।
उनले अहिलेसम्म कुनै टुंगो नलागेको भन्दै अध्यक्षले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको समेत बताए ।
राष्ट्रियसभाको रिक्त हुन लागेको १८ सीटमा माघ ११ गते चुनाव हुँदैछ । त्यसमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर जान एमाले सहमत भइसकेको छ।










प्रतिक्रिया