झापा –५ बाट एमाले अध्यक्ष ओलीको एकल नाम सिफारिस

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारको रुपमा झापा( ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ ।

आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ओलीको एकल नाम सिफारिस भएको एमाले झापाका सचिव तुलसी कार्कीले बताए ।

यस अघि २०७९ र २०७४को निर्वाचनमा ओली सो क्षेत्रबाट उम्मेदवार बन्दै विजयी भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ । ती क्षेत्रमा पनि उम्मेदवार सिफारिसका लागि आज बैठकको आयोजना गरिएको छ ।