भद्रपुरमा अवतरणका क्रममा बुद्ध एयरकाे जहाज दुर्घटना, सबै यात्रु सकुशल

काठमाडौं ।  धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज हिजाे राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। ५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९ एन ए एमएस जहाज राति ९ः१० बजे धावन मार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो।

विमानमा चार चालक दलका सदस्य र ५१ यात्रु गरी ५५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार विमानमा केही यात्रु सामान्य घाइते छन् ।