काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि सुरक्षा थ्रेट बढाएको र जेनजीका नाममा भिड उचालेर हमलाको प्रयास गरिरहेको बताएका छन् ।
बिहीबार स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा चरम असुरक्षा हुँदा पनि आफ्नो सुरक्षा खोसिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका हुन्
उनले भने, ‘हामीले कसैलाई मान्छे काट्छौँ वा मार्छौ भनेका छैनौँ । तर, यहाँ जेनजीका नाममा मान्छे उचालेर हमलाको प्रयास भइरहेको छ । यस्तो आतङ्कित वातावरणमा चुनावको कल्पना गर्न सकिँदैन ।’
ओलीले युवाहरूलाई भ्रम र गलत संगतबाट मुक्त भएर राष्ट्रिय एकता र संविधान रक्षामा लाग्न आग्रह गरे ।
उनले सरकारले निर्वाचन हुने बताउँदै आएपनि निर्वाचनको वातावरण नबनेकाले सम्भावना नरहेको बताए । सरकारले शान्तिपूर्ण वातावरण बनाएको खण्डमा एमाले चुनावका लागि तयार रहेको ओलीको भनाइ रहेको छ ।









प्रतिक्रिया