काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित तीन दलका शिर्ष नेतासँग छलफल गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरि छलफल गरेका हुन् ।
उनीहरूबीच झण्डै साढे २ घण्टा छलफल भएको हो । दिउँसो साढे ३ बजेबाट भएको छलफल भर्खरै सकिएको हो ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विशेषगरी जेनजी आन्दोलनपछि पहिलो पटक एकै ठाउँमा जुटेका शीर्ष नेतृत्वबीच लामो समय कुराकानी भए पनि छलफलका विषयवस्तु र निष्कर्ष भने सार्वजनिक गरिएको छैन।









प्रतिक्रिया