कांग्रेस सभापति भेट्न देउवा पुगे महाराजगन्ज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाराजगन्ज पुगेका छन् ।

देउवालाई भेट्न ओली एमाले महासचिव शङ्कर पोखरेल देउवा निवास महाराजगन्ज पुगेका हुन् ।  भेटमा राजनीतिक अवस्था, महाधिवेशनपछि आएको एमाले, निर्वाचनका विषयमा छलफल हुनेछ ।

दुवै दलले विघठित प्रतिनिधि सभा पुनस्थापना गरी बन्ने सरकारले निर्वाचन गराउनुपर्ने दाबी गर्दै आएका छन् । दुवै दलले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका छन् ।