काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा छलफल हुने छ ।
छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकायका प्रतिनिधिहरुलाई पनि बोलाइएको उनले जानकारी दिए । छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने छ ।










प्रतिक्रिया