काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । कारागारबाट रिहा भएको भोलिपल्ट चितवनको चौबीसकोठीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत महत्वाकांक्षाभन्दा देश ठूलो भएको जोड दिए
भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले भने, ‘म कारागारमा हुँदा पनि भन्दै आएको थिएँ-पार्टी बनाउनुस्, चुनाव चिन्ह, झण्डा, कार्यालय वा सिङ्गो पार्टी नै लैजानुस् । मलाई केही चाहिएको छैन । देश बन्नुपर्छ, व्यक्तिको महत्त्व ठूलो होइन ।,
उनले मिल्नुपर्नेहरू अन्तिम समयमा संवादमार्फत मिलेर अघि बढ्ने विश्वास व्यक्त गरे । ‘मिल्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन । यो एउटा चुनावका लागि मात्र होइन, एउटा पुस्ताका लागि राजनीति गरेको हुँ,’ उनले भने । साथै, उनले सरकारलाई निर्वाचन गराउने बाटोमा अघि बढ्न आग्रह गर्दै रास्वपा सुशासन र जनआन्दोलनका माग पूरा गराउन सरकारको साथमा रहेको बताए ।
‘जेनजीहरूको सपना पूरा गर्न आँट चाहिन्छ । देशका संरचना जल्दा दुख लाग्छ, तर खरानी भएका सपना ब्युँताउन हामी सबै लागौँ । जेनजी दाजुभाइ-दिदीबहिनीहरू, रवि दाइ साथमै छ, चिन्ता नगर्नुस्,’ उनले भने ।










प्रतिक्रिया