काठमाडौं । एमालेको नेतृत्व चयनका लागि जारी मतदान समय बेलुकी ८ बजेसम्म थप गरिएको छ ।
यसअघि ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै ८ बजेसम्मका लागि थपिएकाे हो । ८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउने छन् । टोकन लिएर मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत् मतदान जारी छ । एकपटकमा ५० जनालाई भोट हाल्न पठाइएको छ ।
अहिलेसम्म करिब साढे ७ सय जनाले मतदान गरिसकेका छन् । मतदाताला२ सहज बनाउन टोकन बाँडिएको छ ।








प्रतिक्रिया