जेनजी महोत्सवमा मास थोरै देख्दा प्रचण्ड असन्तुष्ट

काठमाडौं । काठमाडौंमा जारी जेनजी महोत्सवमा उपस्थिति कम देखेपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्प कमल दाहाल(प्रचण्ड)ले आयोजकप्रति असन्तुष्टि पोखेका छन् ।


राष्ट्रियसभा गृहमा अखिल क्रान्तिकारीको आयोजनामा आजदेखि सुरु भएको जेनजी महोत्सव उद्घाटनका लागि पुगेका प्रचण्डले हलमा युवाहरूको न्यून उपस्थिति देखेपछि समापन सत्रमा यस्तो नहोस् भनेर आयोजकलाई सुझाव दिए ।


‘तपाईंहरूले जेनजी महोत्सव आयोजना गर्नुभयो । यो राम्रो कुरा हो । तर यहाँ जुन रुपमा उपस्थित हुनुपर्थ्यो, त्यस्तो नहुँदा अलि ९खल्लो जस्तो० नमज्जा लागेको छ । समापन समारोहमा हल खचाखच होस् । हामीसँग जति पनि छन् युवाहरू । तपाईंले वाईसीएललाई भन्न सक्नुहुन्थ्यो । हामीलाई पनि भन्न सक्नुहुन्थ्यो । देशभर एकता सन्देश सभामा खचाखच मानिस उपस्थित भएका छन्’, प्रचण्डले असन्तुष्टि पोख्दै भने ।

उनले भने, ‘हल खचाखच गर्न तपाईंलाई केही गाह्रो थिएन । आउने दिनमा तयारी गरेर मात्र आयोजना गर्न म निर्देशन समेत दिन्छु । बरु दुई दिन ढिला भएर केही बिग्रिँदैनथ्यो । चार दिन ढिला भएर केही बिग्रिँदैनथ्यो ।’