एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेल आज हुँदैछ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मंगलबार अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस भिड्दैछन्। सुदूरपश्चिमले अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोगेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको टिम हो।

आज जित्ने टोली सिधै फाइनल पुग्नेछ। पराजित हुने टोलीले इलिमिनेटर खेल्ने मौका पाउनेछ।