मधेशप्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज सपथ लिदै

काठमाडौँ । आज मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शपथग्रहण गर्ने भएका छन् । बिहान दश बजे उनले सपथग्रहण गर्न लागेका हुन् ।
हिजो (शनिबार) राति भएको छलफलपछि मन्त्रालयको भागवण्डामा दलहरुबीच सहमति बनेको छ ।

बैठका जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ । यस्तै, नेकपा एससहित समाहित नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०लाई पनि मधेश सरकारका तीन मन्त्रालय उपलब्ध हुने बताइएको छ ।

मुख्यमन्त्रीसहित नेपाली काकांग्रेसले दुई मन्त्रालयमा चत्त बुझाउने छ । यस्तै जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ ।

मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय निश्चित पाउने भएको छ ।