काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छिन् । बैठक आगामी शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएकी हुन् ।
माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन तयारी र जारी कामकाजबारे सबै पक्षसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचन आयोग, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका अधिकारी र सरकारका प्रतिनिधि सहभागी हुनेछन्।
‘प्रधानमन्त्रीको सचिवालयबाट हामीलाई सर्वपक्षीय छलफलमा बोलाइएको छ,’ एक नेताले भने, ‘छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई बोलाइएको रहेछ। छलफलमा आयोग र सुरक्षा निकाय पनि रहने जानकारी दिइएको छ।’
प्रधानमन्त्री कार्कीले यस प्रकारको सर्वपक्षीय छलफल पहिलो पटक आह्वान गरेकी हुन्।









प्रतिक्रिया