जनकपुर ।मधेश प्रदेशसभाको बैठक बसेर तीन मिनेटमै स्थगित भएको छ ।
बिहान ८ः३० बजेका लागि आह्वान भएको बैठक दश बजे बसेर तीन मिनेटमै सकिएको हो । बैठक मुख्यमन्त्री सरोजकुमार यादव नआएपछि स्थगित हुन पुगेको हो ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले दिउँसो २ बजेको समय मागेका थिए । बैठक बिहान ८ः३० बजे बोलाइएको थियो । मुख्यमन्त्री यादवले २ बजे मात्रै बैठकमा आउने जनाउ दिएपछि बैठक शुरू भएको ३ मिनेटमै स्थगित गरेर दिउँसो २ बजे बस्ने जानकारी प्रदेश सभाले दिएको छ ।










प्रतिक्रिया