मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिदै

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिदैछन् । अहिले बिहान उनले विश्वासको मत लिने भएका हु्न् ।
सोमबार साँझ सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

कूल १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ । एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन् । नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले दलहरुलाई छलेर प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ ९३० अनुसार एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च गएका थिए ।