जारी एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित

काठमाडौ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले आज पहिलो जित हासिल गरेको छ ।

चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जित निकालेको हो । यस जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ।

अब जनकपुरले लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्ने बाँकी रहेको छ। प्लेअफमा स्थान बनाउन यी दुई टोलीलाई पराजित गर्नुपर्नेछ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ।

एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले, र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको पराजित भएको थियो।