धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुने’ दाबी गरेका छन् ।
आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फागुन २१ गते तोकिएको निर्वाचन पर नसर्ने बताएका हुन् । ‘सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन हो । भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ,’ उनले भने ।
निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भइसकेको भन्दै उनले राजनीतिक दललाई निर्बाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइरहेको बताए ।










प्रतिक्रिया