मनहरी । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ६ हङ्लगमा रहेको श्री प्रजा विकास प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई लत्ताकपडा वितरण् गरिएको छ ।

लयान्स क्लब अफ काठमाडौं, नवबुद्ध काठमडौंको सहकार्यमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक देवराज प्रजाले बताए । यस्तै कार्यकै्रममा धर्मगुरु थुप्तेन कर्म रिमपोचे, एलेन चोङ र फाङ्की चाङको समेत उपस्थितिमा उक्त सामग्री वितरण गरिएको पनि प्रधानाध्यापक प्रजाले जानकारी दिए ।

मकवानपुरको मनहरिबाट पश्चिमी क्षेत्रमा पर्ने हङ्लग निकै नै दुर्गम रहेको छ । यहाँका बासिन्दालाई आफ्नो बारीमा उब्जनी गरेको अन्नले तीन महिना मात्र खान पुग्ने र ९ महिना ज्याला मजदुरी गरेर खानुपर्ने अवस्था विद्यमान रहेको पनि प्रधानाध्यापक प्रजाले जानकारी गराए ।
सो अवसरमा विद्यार्थीलाई पोसाकका साथै विपन्न ४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । एक बोरा चामल,३ केजी दाल,१ पोका नुन,एक लिटर तेलका साथै कोरियन ब्लाङ्केट पनि सो अवसरमा वितरण गरिएको थियो । जोडोको सिजन सुरु भएपछि त्यो कपडा पाउँदा स्थानीयहरु निकै खुसी देखिएका थिए ।










प्रतिक्रिया