काठमाडौं । प्रेस काउन्सिल नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमरा घटनाबारे बोलेको एउटा भिडिओ फेसबुक पेजबाट हटाउन निर्देशन दिएको छ ।
काउन्सिलले केहि फेसबुक पेजहरूलाई पत्र पठाएरै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सिमरा घटनाबारे टिप्पणी गरेको भिडिओ सम्पादन गर्न वा हटाउन भनेको छ ।
ओलीको अभिव्यक्तिबाट सानो अंश काटेर उत्तेजना फैलाउन खोजिएकाले यस्तो निर्णय गरिएको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए । ‘सिमरा घटनाबारे ओली’ शीर्षक दिएर उत्तेजक अभिव्यक्तिलाई स्थान दिइ फेसबुकबाट सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट पाइएको प्रेस काउन्सिलको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘सामाजिक सञ्जाल ९फेसबुक पेजररिल० बाट सम्प्रेषित आचारसंहिता प्रतिकुलका उक्त उत्तैजक एवं हिंसालाई बढावा दिने किसिमको सामग्री सम्पादन गरी वा स्थगत गरी २४ घन्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्देशन दिइन्छ । साथै, आगामी दिनमा आचारसंहिता प्रतिकुल हुने यस्ता सामग्रीलाई स्थान नदिनेतर्फ सजगता अपनाउन समेत निर्देशानुसार सचेत गराइन्छ ।’
यद्यपी पत्रमा ओलीको अभिव्यक्तिको कुन अंश सम्पादन गर्ने भन्ने उल्लेख गरिएको छैन ।










प्रतिक्रिया