काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुर्नस्थापना माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन संविधान र लोकतन्त्रविपरीत भएको निर्णय गरेको एमालेले रिट दायर गरेको हो ।
विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले आज प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको जानकारी दिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्को सरकार ढलेपछि बनेको अन्तरिम सरकारका प्रमुख सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए ।










प्रतिक्रिया