फुटसल सम्पन्न, बिजेतालाई पुरस्कार वितरण

काठमाडौं । मिति २०८२ मंसिर ५ गते शुरु भई- ६ गतेसम्म सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा सेक्रेड हार्ट माध्यमिक विद्यालको फुटसल मैदानमा HISSAN TARAKESHOR BOYS AND GIRLS FUTSAL TOURNAMENT – 2082 सम्पन्न भएको छ ।

मंसिर ५ गते बिहान ९ बजे उद्घाटन भएको उक्त प्रतियोगितामा तारकेश्वर नगरपालिका भित्र कक्षा ११ र १२ संचालित हिसान आबद्ध बिद्यालयहरुकाबीच तिब्र प्रतिस्पर्धा रहयो । छात्रतर्फ ८ ओटा र छात्रातर्फ ७ ओटा टिम सहभागी भई व्यवस्थित रूपले संचालन गरिएको कार्यक्रम लिग कम नकआउट प्रणालीद्वारा सम्पन्न भएको थियो ।


जस अन्तर्गत् छात्रा समूहबाट ल्याण्ड मार्क एकेडेमी प्रथम, हिमरश्मी हाई स्कुल द्वितीय र प्रारम्भ वर्ल्ड स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए भने छात्र तर्फ सृजना ज्ञानसागर प्रथम, कौशल मावि द्वितीय र प्रारम्भ वर्ल्ड स्कुल तृतीय हुन सफल भए।


शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंका प्रमुख डा . समन्तमणी आचार्यको प्रमुख आतिथ्यता र तारकेश्वर नगरपालिका शिक्षाशाखा अधिकृत श्री सुदिनराजबुढाथोकीको विशेष आतिथ्यतामामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि डा. आचार्यले विद्यार्थीलाई अनुशासन कायम गर्दै खेलकुद र सिकाइ सँगसँगै लैजान सल्लाह दिए भने विशेष अतिथि शिक्षा अधिकृत सुदिनराजले आजका विद्यार्थीहरुलाई खेलकुदलगायतका कार्यक्रमले सिकाइमा निखारता ल्याउने र सो कार्यलाई तारकेश्वर हिसानले ठूलो टेवा पुऱ्याएको मन्तव्यमा व्यक्त गरे ।

तारकेश्वर हिसानका अध्यक्ष श्री लिलबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष पुनले हिसान तारकेश्वरले वार्षिक कार्यतालिका सार्वजनिक गरेको र सोही अनुसार अरु कार्यक्रमहरु पनि गरिने जानकारी दिए ।


तारकेश्वर हिसानका सचिव कमलप्रसाद ज्ञवालीले सञ्चालन गर्नुभएको पुरस्कार वितरण समारोहमा कौशलका अनिल गुरुङ्ग, सृजनाका रबिन गुरुङ्ग, प्रारम्भका युकेश नेगी छात्रतर्फबाट र प्रारम्भकी आकृति तामाङ, हिमरश्मीकी कुसुम गुरुङ र ल्याण्डमार्ककी साजोन खत्री छात्रातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ता बन्न सफल भएका कार्यक्रममका संयोजक श्री बद्रीनाथ भट्टले जानकारी दिए।