सिमरामा आज पनि कर्फ्यु

काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेन–जी समूहका युवाहरुबीच हिजो भएको झडपका कारण अशान्त बनेको बाराको सिमरा क्षेत्रमा आज पनि तनाबग्रस्त हुन पुगेको छ । त्यहाँ आज पनि कर्फ्यू लगाइएको छ ।

आज बिहानैबाट युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि युवाहरूले बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बलसमेत प्रयोग गरेको छ । प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको छ । जेन(जीहरूले आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरेका छन् । उनीहरूले केही व्यक्तिविरुद्ध किटानी जाहेरी दिएका थिए ।

हिजो एमालेद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए । यसपछि स्थानीय प्रशासनले हिजो पनि कर्फ्यु लगाएको थियो ।