काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बस्ने भनिएको बैठक सारिएको हो ।
असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन मितिमा निर्णय लिन नसक्दा स्थगित हुँदै आएको छ ।
पार्टीमा महाधिवेशनको मितिबारे अहिलेसम्म एकमत देखिएको छैन । संस्थापन फागुन २१ को चुनावपछि महाधिवेशन गराउने पक्षमा छ । महामन्त्रीद्वयलगायतका इतर समूह चुनावअघि नै नियमित महाधिवेशन वा विशेष महाधिवेशनको पक्षमा छन् । विशेष महाधिवेशनको मागमा संस्थापनकै केही नेताले पनि पछिल्लो समय साथ दिएका छन् ।










प्रतिक्रिया