जगत वाशिष्ठ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका स्तरीय हिसान तारकेश्वरछात्र र छात्राको फुटसल टुर्नामेन्ट २०८२ हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल ( हिसान ) तारकेश्वर नगरपालिकाको आयोजनामा यही मंसिर ५ र ६ गते फुटसल प्रतियोगिता हुने भएको हो ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने उद्देश्यका साथ फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनले जानकारी दिनुभयो । तारकेश्वरको सेक्रेड हार्ट माध्यमिक विद्यालयको फुटसल मैदानमा सञ्चालन हुने प्रतियोगितामा छात्र तर्फ ८ वटा र छात्रातर्फ ७ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रिय अभ्यास र नीति नियमभित्र रहेर सञ्चालन गरिने आयोजकले जनाएको छ । खेल सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ एन्फाका रेफ्री ज्ञानेन्द्र आलेको समूहलाई जिम्मेवारी दिइएको जनाइएको छ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि सुरु हुने प्रतियोगिता मंसिर ६ गते दिउसो २ बजे समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन हिसानका केन्द्रीय सह कोषाध्यक्ष नरेन्द्रबहादुर अधिकारीले गर्नेछन् भने समापन काठमाडौं जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख समन्तमणि आचार्यले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि पुरस्कृत गरिने हिसान तारकेश्वरले जनाएको छ । उक्त प्रतियोगिताको अध्यक्षता हिसान तारकेश्वरका अध्यक्ष तथा एञ्जल हर्ट माध्यमिक विद्यालयका अध्यक्ष लिलबहादुर पुनले गर्नेछन् भने कार्यक्रमको सम्पूर्ण रूपरेखा तारकेश्वर हिसानका अतिरिक्त क्रियाकलाप प्रमुख श्री राजेश रायमाझी र खेलको संयोजन गर्नै विद्यालय सेक्रेड हार्ट माध्यमिक विद्यालयका प्रिन्सिपल बद्रिनाथ भट्टले तयार गर्ने जानकारी दिनुभयो ।










प्रतिक्रिया