काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने भएको हो ।
असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित छ र निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै आएको छ ।
पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । यही विषयमा निष्कर्षमा पुग्न थप छलफलका लागि बैठक एक साता स्थगित गरेर फेरि आज बस्न लागेको हो । बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले महाधिवेशनबारे सुझाव दिएका थिए ।










प्रतिक्रिया