काठमाडौं । पूर्व आईजीपी सर्वेन्द्र खनाले पनि पार्टी दर्ता गरेका छन् ।
आइजीपीबाट सेवानिवृत्त भएपछि एमालेको राजनीतिमा लागेका खनालले एमालेबाटै टिक पाएर प्रतिनिधिसभाको निर्वाचनमा समेत भाग लिएका थिए । उनी काठमाडौं ६ र उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचनमा उठेका थिए ।
निर्वाचनमा भाग लिए पनि सांसद हुनबाट रोकिएका खनालले अहिले आफै पार्टी दर्ता गरी चुनावमा भाग लिन लागेका छन् । उनले आफ्नो पार्टीको नाम सम्मुनत नेपाल पार्टी राखेमा छन् ।
खनालको पार्टी दर्ताका लागि कात्तिक ३० गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता भएको छ । खनालको तर्फबाट राजबाबु यादवले ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । खनलाको पार्टीमा ३५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ भने पार्टीको अध्यक्ष खनाल आफै र महासचिवमा बालकृष्ण पण्डित रहेका छन् ।










प्रतिक्रिया