काठमाडौं । मेडिकल ब्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई मध्यराती भक्तपुरस्थित घरबाटै गिरफ्तार गरेपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
उनलाई पक्राउ गरेपछि नागरिक बचाउ दलले आजैबाट आन्दोलनको कार्यक्रम गर्ने भएपछि काठमाडौंमा उच्च सर्तकता अपनाईएको हो । प्रसाई नेतृत्वको नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार मंसिर ७ गतेबाट आन्दोलन गर्ने घोषणा गरेपनि नेतृत्वकर्ता प्रसाईंलाई पक्राउ गरेपछि आजैबाट देशभर आन्दोलन गर्ने भएको हो ।










प्रतिक्रिया