कसले गर्याे धनुषामा महिलाकाे बीभत्स हत्या ?

धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरि एक महिलाको बीभत्स हत्या भएको छ । हिजाे साँझ हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या प्रहरीले वनाएकाे छ ।

उनको शव घरभन्दा ५०० मिटर टाढा खेतमा हत्या भएको अवस्थामा फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए ।

मृतक महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले लुटिएको गहना बरामद गरेको छ । कसले लुटेको भनेर खुलाएको छैन । घटना पश्चात एक जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।