काठमाडौं । रापपाका अध्यक्ष राजेन्द्र लिङ्दनेले मधेश प्रदेश सरकारबाट तत्काल फिर्ता हुन आफ्ना मन्त्रीलाई निर्देशन दिएका छन् ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटेलमा बसेर नेकपा एमालेका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोध भइरहेका बेला लिङ्दनेले सरकारमा आफूहरूको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले तत्काल सरकारबाट फिर्ता हुन भनेका हुन्।
उनले यस्तो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको बताउँदै तत्काल सरकारबाट फिर्ता हुन भनेका हुन् । अन्यथा विधान बमोजिम कारबाही हुने चेतावनी समते दिएक छन् ।
‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।’
सोमबार बिहान सबेरै मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले बर्दिवासस्थित एक होटलमा शपथ ग्रहण गरेसँगै राप्रपाबाट कन्चन बिच्छासहित तीन जनालाई मन्त्री नियुक्त गरेका थिए ।










प्रतिक्रिया