एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीकाे मंसिर ६ काे जनप्रदर्शन तयारीमा लाग्न निर्देशन

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त रावतको अध्यक्षतामा र पार्टी केन्द्रीय सदस्य कमिटीका सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटीका इन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा कमिटी को कार्यलय बागबजारमा बैठक सम्पन्न भएकाे छ ।

उक्त बैठकमा अध्यक्ष रावतले मातहतका मुगु,जुम्ला ,हुम्ला ,डोल्पा ,कालिकोट ,दैलेख ,सुर्खेत ,जाजरकोट,सल्यान र रुमुम पश्चिम जिल्ला सम्पर्क मञ्च र पालिका सम्पर्क मञ्च लाई कार्तिक मसान्तसम्म भेला बैठक गरी पार्टी को मंसिर ६ गतेको बृहत जनप्रदशन को तयारी मा लाग्न निर्देशन दिए ।

यस्तै पार्टी सम्पर्क कमिटीका केन्द्रीय सदस्य कल्पना थापाले आउदो पार्टी को ११औं महाधिवेशन केन्द्रीत भएर तयारीमा लाग्न र हालको यस्तो अबस्थामा यो सरकारले न शान्ति सुरक्षा दिन सक्ने र निर्वाचनको लागि बाताबरण बनाउन सक्ने भएकाेले साेहीअनुसारकाे भूमिका निभाउन पनि मातहतका कमिटीलाई निर्देशन दिएकी छिन् ।