सुधन गुरुङको नागरिकता छानबिन गर्न युवा संघकाे माग

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पदाधिकारी बैठकले हामी नेपालका संयोजक सुधन गुरुङको नागरिकताको सत्यता छानबिन गर्न सरकारसँग माग गरेको छ ।

संघका प्रवक्ता निरोज पौडेलले ‘सुधन गुरुङको नागरिकता सक्कली हो कि नक्कली हो ? यसको छानबिन गरेर सरकारले १ हप्तामा सार्वजनिक गरोस्। हामीले अल्टिमेटम दिएको छौँ । यदि सरकारले गरेन भने युवासंघले खोजेर प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा ल्याउनेछ।’ भने ।

संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण र आगामी रणनीतिबारे निर्णय समेत गरेको छ । साथै, जेनजी आन्दोलनले क्षति पुर्‍याएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको घर नयाँ निर्माण गरी तेह्रथुम आठराईबाट पुनः निर्माणको अभियान सुरुवात गर्ने पनि बैठकले निर्णय गरेको छ।