कांग्रेसले बाेलायाे आकस्मिक केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने गरी आकस्मिक बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।