निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेकी छन् । आज शुक्रवार एक सन्देश जारी गर्दै कार्कीले  मताधिकार सदुपयोग गर्न आग्रह गरेकी हुन्

उनले लोकतान्त्रिक समाजमा नागरिकका सपना २ कुराले साकार पार्ने पनि उल्लेख गरेकी छन् । ‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन छन्- पहिलो, तपाईँ-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन’ उनले भनेकी छन् ।

त्यस्तै दोस्रो ,’विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र । जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।अथवा, यहाँहरू आफै सही प्रतिनिधि बन्नुपर्छ ।’

उनले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकार सदुपयोग गर्नुपर्ने पनि बताएकी छन्