ओली र भण्डारीबीच टेलिफोन वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बताईएकाे छ । यद्यपि भण्डारीको सदस्यता नवीकरणको विषय भने वार्तामा उठेन ।

ओलीले यतिबेला आफूलाई सहयोग चाहिएको भन्दै भण्डारी समक्ष सहयोगको माग गरेका थिए । उनले भने, ‘यतिबेला मलाई तपाईँको सहयोगको आवश्यकता छ । मलाई सहयोग गर्नुहोस् ।

जवाफमा भण्डारीले सहयोग आदानप्रदानको कुरा एक ठाउँमा हर्‍यो भन्दै नेतृत्व सहजीकरण गर्न सुझाएकी थिइन् । ओलीले आफूमाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिको प्रहार भएको बताउँदा भण्डारीले अहिले पनि विदेशी शक्तिको नाम लिनुको साटो पछिल्लो आन्दोलनको सन्देश र संकेत अनुसार अघि बढ्न सुझाएकी थिइन् ।