पूर्वराष्ट्रपति भण्डारीको घर निरीक्षण गर्न भंगाल पुगे गृहमन्त्री अर्याल

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर निरीक्षण गर्न भंगाल पुगेका छन् ।

आज बिहान जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त भंगालस्थित भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेन जी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए । सोही निवासको गृहमन्त्री अर्यालले आज बिहान निरीक्षण गरेका हुन्।

साथै उनले भण्डारीसँग भेटवार्ता पनि गरेका छन् ।

भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरू र आगामी निर्वाचनबारे छलफल भएको छ । यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा। रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।