एमालेसँग पनि एकता गर्न चाहन्छाैँ : प्रचण्ड

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै वामपन्थी शक्तिहरूसँग मिलेर राष्ट्रिय एकता र गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामी १० घटक एकै ठाउँमा भयौँ भनेर अब पुग्यो भन्ने पक्षमा छैनौँ । समाजवादी मोर्चामा रहेकाहरू, अन्य कम्युनिस्ट घटकहरू वा एमालेसँग समेत राष्ट्र, लोकतन्त्र र गणतन्त्र बचाउनका लागि हातेमालो गर्न तयार छौँ।´

उनले अहिले एकता नहुनेसँग मोर्चाबन्दी गर्ने समेत बताए। प्रचण्डले भने- ‘जोसँग छिटो मिल्छ, हामी एकता गर्दै अगाडि बढ्छौँ। जोसँग पछि मिल्छ, हामी मोर्चा बनाएर अघि बढ्छौँ ।’