काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीहरूको आज काठमाडौंमा सम्मेलन भैरहेको हो ।
सम्मेलनमा पार्टीका शीर्ष नेताहरू दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक सुरुवात गरेका हुन् । सम्मेलनलाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ ।










प्रतिक्रिया