काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा सोधपुछका लागि ल्याइएको छ।
जेनजी आन्दोलनको क्रममा कारागारबाट बाहिर निस्किएको घटनाबारे बयानका लागि लामिछानेलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा ल्याइएको हो ।
आयोगका सदस्यहरूले सिंहदरबारमा लामिछानेसँग बयान लिने तयारी गरेका छन् । यसअघि आयोगका प्रतिनिधिहरू नख्खु कारागार पुगेर घटनाको अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा कारागार प्रमुख सत्यराज जोशी लगायतसँग पनि बयान लिइएको थियो।
सहकारी रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका लामिछाने गत २४ भदौमा सुरक्षाको कारण देखाउँदै अन्य कैदी बन्दीसँगै कारागार बाहिर निस्किएका थिए ।
त्यसबेला कारागार प्रशासनले जारी गरेको भनिएको पत्रको वैधानिकतामाथि प्रश्न उठेपछि उनी पुनः कारागारमै फर्किएका थिए।










प्रतिक्रिया