हामी एमालेमा फर्किर्दैछौं, हाँसेर बोल्दिए पुग्छः किसान श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार भएको बताएका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका छन्।

उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र आफूहरूलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गरे। आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन आफूहरूले चाहेको बताए। आफूहरू कुनै पदको लागि फर्किन नलागेको स्पष्ट पारे।

नेता श्रेष्ठले एमाले नेताहरूले आफूहरूलाई सम्मानजनक व्यवहार गरिदिए मात्रै पुग्ने बताए।