पूर्वराष्ट्रपति भण्डारीले लिईन प्रतिलिपि नागरिकता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिएकी छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनीमा परेर उनको नागरिकता पनि जलेको थियो । नागरिकता जलेका कारणले उनले प्रतिलिपि नागरिकता लिएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित भएर मङ्गलवार दिउँसो भण्डारीले प्रतिलिपि नागरिकता लिएकी हुन् ।