काठमाडौं । जेनजी आन्दोलनका क्रममा नख्खु जेलबाट बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफू प्रशासनकै निर्णयमा बाहिरिएको स्पष्ट पारेका छन् । प्रक्रिया कानुनसम्मत नभएको थाहा पाएपछि स्वेच्छाले पुनः जेल फर्किएको समेत बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगले सोमबार नख्खु कारागारमै गएर लामिछानेसँग गरेको भेटमा उनले आफू नख्खु कारागारबाट भागेको नभई प्रशासनकै निर्णयमा बाहिरिएको बताएका हुन्।
आयोगका सदस्यहरूले ‘तपाईँ कसरी र किन जेलबाट बाहिरिनुभयो रु’ भन्ने प्रश्न गर्दा लामिछानेले भनेका थिए, ुमैले आफैँ भागेको होइन, तत्कालीन गृह प्रशासन र प्रहरीको पहलमा बाहिरिएको हुँ।ु
स्रोतका अनुसार लामिछानेलाई जेलबाट बाहिर पठाउने काममा क(कसको, के(कस्तो भूमिका छ भन्नेबारेमा स्पष्ट हुनका लागि आयोगको टोलीले भेट गरेको हो ।
यसअघि विभिन्न व्यक्तिको कल डिटेल्सको आधारमा रवि जेलबाट बाहिर निस्कने घटनामा जोडिएका अन्य व्यक्ति पनि पहिचान भएका थिए । त्यसबारे आयोगले उनलाई सोधपुछ गरेको थियो ।
छानबिनका क्रममा लामिछानेकी पत्नी निकिता लामिछाने र रास्वपाका उपसभापति डीपी अर्यालको नाम समेत जोडिएको छ। त्यस्तै, तत्कालीन प्रहरी र प्रशासनका अधिकारीहरूलाई समेत बयानका लागि आयोगले बोलाएको स्रोतले जनाएको छ।

                    








प्रतिक्रिया